
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै कानून व्यवसायीले सर्वोच्चको प्रवेशद्वारमा धर्ना दिए पनि भित्र भने मुद्दाहरूको नियमित पेशी तोकिएको छ ।
प्रधानन्यायाधीश राणाले आफूबाहेकका न्यायाधीश सम्मिलित ८ इजलास तोकेका हुन् । यद्यपि अहिलेसम्म राणा सर्वोच्च पुगिनसकेको सर्वोच्च स्रोतले जानकारी दियो ।
दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलास तोकिएको छ ।
न्यायाधीश हरिकृष्ण कार्कीका लागि भने एकल इजलास गठन गरिएको छ ।
नेपाल बार एसोसिएसनले आज इजलास बहिस्कार गर्ने घोषणा बिहीवार नै गरिसकेको छ ।