बिहिबार , जेठ २, २०८२

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत परिसर प्रवेश गर्न रोक्ने निर्णय गरेको छ । बिहीबार सर्वोच्च परिसरमा विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका कानुन व्यवसायीले शुक्रबार बिहान ९ः३० बजे नै भेला भएर आन्दोलन गर्न लागेको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि न्यायिक वृत्त आन्दोलित छ । आन्दोलनकै कारण सयौं मुद्दा सुनुवाइ प्रभावित बनेको छ ।

सर्वोच्च परिसरमा प्रधानन्यायाधीशविरुद्ध दैनिक हुँदै आएको बिहीबार विरोध सभा झडपको स्थितिमा पुगेपछि कानुन व्यवसायी थप सशक्त आन्दोलनमा उत्रिन लागेका हुन् । बिहीबार नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई बिहान ९ः३० बजे नेपाल बार एसोसिएसमा उपस्थित हुन निर्देशन दिएका छन् ।

बारले भनेको छ, ‘आफ्नै अदालत र कानुन व्यवसायीबाट मात्र नभएर आमनागरिकबाटै बहिष्कृत प्रधान न्यायाधीशको विरोधमा नेपाल बार एसोसिएसन र आबद्ध सम्पूर्ण एकाइहरूले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने बेहोरा जानकारी गराउँदै भोलि मिति २०७८÷७÷२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरूलाई समेत प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न र भोलि मिति २०७८÷७÷२६ गते बिहान ९ः३० बजे नै सम्पूर्ण कानुन व्यवसायीलाई नेबोलाएमा उपस्थित हुनसमेत अपिल गर्छौं ।’

१४ कात्तिकदेखि नेपाल बार एसोसिएसनले प्रधानन्याधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा दैनिक १ घण्टा धर्ना दिइरहेको छ । बिहीबार साढे १० बजे पाखुरामा कालोपट्टी बाँधेर ‘प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको कालो ब्यानर बोकेर सर्वोच्च बारको आँगनमा विरोध सभा गर्दा प्रहरीले रोकेको थियो । प्रहरीले विरोध सभा रोक्न खोजेपछि कानुन व्यवसायी र प्रहरीबीच झडपको स्थिति बनेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP