मंगलबार , बैसाख २९, २०८३

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत परिसर प्रवेश गर्न रोक्ने निर्णय गरेको छ । बिहीबार सर्वोच्च परिसरमा विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका कानुन व्यवसायीले शुक्रबार बिहान ९ः३० बजे नै भेला भएर आन्दोलन गर्न लागेको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि न्यायिक वृत्त आन्दोलित छ । आन्दोलनकै कारण सयौं मुद्दा सुनुवाइ प्रभावित बनेको छ ।

सर्वोच्च परिसरमा प्रधानन्यायाधीशविरुद्ध दैनिक हुँदै आएको बिहीबार विरोध सभा झडपको स्थितिमा पुगेपछि कानुन व्यवसायी थप सशक्त आन्दोलनमा उत्रिन लागेका हुन् । बिहीबार नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई बिहान ९ः३० बजे नेपाल बार एसोसिएसमा उपस्थित हुन निर्देशन दिएका छन् ।

बारले भनेको छ, ‘आफ्नै अदालत र कानुन व्यवसायीबाट मात्र नभएर आमनागरिकबाटै बहिष्कृत प्रधान न्यायाधीशको विरोधमा नेपाल बार एसोसिएसन र आबद्ध सम्पूर्ण एकाइहरूले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने बेहोरा जानकारी गराउँदै भोलि मिति २०७८÷७÷२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरूलाई समेत प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न र भोलि मिति २०७८÷७÷२६ गते बिहान ९ः३० बजे नै सम्पूर्ण कानुन व्यवसायीलाई नेबोलाएमा उपस्थित हुनसमेत अपिल गर्छौं ।’

१४ कात्तिकदेखि नेपाल बार एसोसिएसनले प्रधानन्याधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा दैनिक १ घण्टा धर्ना दिइरहेको छ । बिहीबार साढे १० बजे पाखुरामा कालोपट्टी बाँधेर ‘प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको कालो ब्यानर बोकेर सर्वोच्च बारको आँगनमा विरोध सभा गर्दा प्रहरीले रोकेको थियो । प्रहरीले विरोध सभा रोक्न खोजेपछि कानुन व्यवसायी र प्रहरीबीच झडपको स्थिति बनेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP