बिहिबार , जेठ २, २०८२

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीकी १० महिनाकी छोरी वामिकालाई हालै अनलाइन बलात्कारको धम्की आएको छ । वामिकालाई धम्की दिने आरोपीलाई मुम्बई प्रहरीको साइबर सेलले हैदराबादबाट पक्राउ गरेको हो ।

टी–२० विश्वकपमा भारतको लगातार पराजयपछि यी २३ वर्षीय युवकले विराट र अनुष्काकी छोरीलाई बलात्कारको धम्की दिएका थिए । यी व्यक्ति पेशाले सफ्टवेयर इन्जिनियर हुन् ।

रिपोर्टका अनुसार प्रहरीले आरोपीलाई हैदराबादबाट मुम्बईमा ल्याएको छ । प्रहरीले आरोपीलाई मुम्बई ल्याएर अनुसन्धान गर्ने भएको छ। दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले धम्कीको विषयमा कारबाही गर्न दिल्ली प्रहरीको साइबर क्राइम शाखालाई पत्र लेखेकी थिइन्।

बलिउडकी सुन्दर अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली यसै वर्ष ११ जनवरीमा छोरीको आमाबुवा बनेका हुन् । उनीहरुले छोरीको नाम वामिका राखेका छन् । यो जोडीले अहिलेसम्म आफ्नो छोरीको अनुहार फ्यानलाई देखाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP