शुक्रबार , भाद्र १२, २०८३

केही महिनाभित्रै नागरिकको ढाँड सेक्ने गरी मूल्यवृद्धि भएको छ । दैनिक उपभोग्य सामाग्री देखि सवारी भाडा, निर्माण सामाग्रीलगायत हरेक क्षेत्रमा मूल्यवृद्धि निसास्सिदो बनेको छ । सर्वसाधारणको चुल्होमा ठाडो असर परेको छ ।

इन्धनमा निरन्तर मूल्यवृद्धि भएको छ । गत वर्ष ९९ रुपैयाँ प्रति लिटरमा झरेको पेट्रोलको मूल्य १३६ पुगेको छ । डिजेल, मट्टीटेल र खाना पकाउने एलपी ग्याँसमा समेत व्यापक मूल्य वृद्धि भएको छ । यसले हरेक क्षेत्रमा असर पारेको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले वाध्यता परेको जनाएको छ । निगम अहिले घाटा खाइरहेको छ । तर, सरकारले इन्धनमा अत्याधिक कर उठाउने देखि जलविद्युत आयोजनाका लागि भन्दै प्रत्येक लिटरमा अतिरिक्त शुल्क कटौती गर्दैै आएको छ । भार जनतामा परेको छ ।

इन्धनको मूल्य वृद्धि हुँदा सवारी साधनको भाडा पनि वृद्धि भएको । अघिल्लो महिना २८ प्रतिशतले भाडा वृद्धि भएको छ । सार्वजनिक यातायातको भाडा वृद्धिले ढुवानीमा समेत असर परेको छ । ढुवानीको भाडा समेत वृद्धि हुँदा उपभोग्य सामाग्रीको मूल्य आकाशिएको छ ।

खाद्यान्नको मूल्य निकै बढेको छ । खाने तेल, घीऊ, चामल, पीठो, दाल, मसला जस्ता सामाग्रीको मूल्य बढेको छ । खाने तेलको मूल्य एक वर्षभित्र झण्डै दोब्बर भएको छ ।
निर्माण सामाग्रीको पनि मूल्यवृद्धि भएको छ । फलामे छड, सिमेन्ट, रोडा, ईट्टा, बालुवा, ढुङ्गा, गिट्टीलगायत सामाग्रीको मूल्य वृद्धि भएको छ । काठ, फलाम, स्टिलको पनि मूल्य वृद्धि भएको छ । फलामे छडको १० देखि १५ रुपैयाँ, सिमेन्टको ५० देखि १०० रुपैयाँले मूल्यवृद्धि भएको छ । पाइपको मूल्य २५ प्रतिशतसम्मले बढेको छ ।

तरकारी र फलफूलको मूल्य पनि चर्किएको छ । अहिले बजारमा आलु सस्तिने मौसममा पनि घटेको छैन । प्याज, लसुन जस्ता देनिक उपभोग्य सामाग्रीहरु ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । गोलभेडाको मूल्य प्रतिकेजी ६० रुपैयाँभन्दा बढी छ । दशैं र तिहारको बीचमा १०० रुपैयाँ नाघेको थियो । कुनैपनि तरकारी प्रतिकेजी ६० भन्दा कम छैन । प्रायः तरकारीको मूल्य ८० देखि १०० को बीचमा छ ।

बिजुलीको सामानको पनि अत्याधिक मूल्यवृद्धि भएको छ । कतिपयको ५० देखि शतप्रतिशत मूल्यवृद्धि भएको छ । उपभोक्ताहरु महङ्गो मूल्यमा खरिद गर्न वाध्य भएका छन् ।

लत्ताकपडाको पनि व्यापक मूल्यवृद्धि भएको छ । ५० देखि शत प्रतिशत मूल्यवृद्धि भएको छ । जाडोका कपडाको व्यापक मूल्यवृद्धि भएको छ । जुत्ताको पनि मूल्य बढेको छ ।

एक वर्षमा बढी मूल्यवृद्धि भएका सामाग्री

१. खाद्यान्न- २५ देखि शतप्रतिशत
२. निर्माण सामाग्री- २० देखि ५० प्रतिशत
३. इन्धन- १० देखि ३५ प्रतिशत
४. तरकारी- २० देखि ५० प्रतिशत
५. बिजुलीको सामान- २० देखि ५० प्रतिशत
६. सवारी भाडा- २८ प्रतिशत
७. लत्ताकपडा- २० देखि शतप्रतिशत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP