शनिबार , बैसाख २७, २०८२

इङल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्डले टी २० विश्वकपको फाइनल यात्रा गरेको छ । ड्यारेल मिट्चेले ७३ रनको शान्दार पारी खेल्दा १ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले अन्तिम एक ओभर बाँकी छँदै पूरा गर्यो । अन्त्यतिर निकै बिस्फोटक देखिएका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

मार्टिन गुप्टिल ४ र कप्तान केन विलियमसन ५ रनमा आउट भएपछि सुरूदेखि नै न्युजिल्यान्ड दबाबमा थियो । तर, खेलको अन्त्यतिर जेम्स निसाम र मिट्चेलले ४० रनको साझेदारी गर्दा न्युजिल्यान्डले राम्रो कमब्याक गर्यो । ईयोन मोर्गानले क्याचआउट गर्नुअघि निसामले ११ बलमा ३ छक्का र १ चौकासहित २७ रन बनाएका थिए । न्युजिल्यान्डको जितमा डिभोन कनवेले पनि ४६ रनको योगदान गरे ।

खेलमा पहिले ब्याटिङ गरेको इङल्यान्डबाट मोइन अलीले ५१ र डेभिड डेभिड मलनले ४१ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु