आइतबार , भाद्र १४, २०८३

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बनेको छ । पार्टीको १४औं महाधिवेशन नजिकिएसँगै दुई नेताबीच नयाँ गठबन्धन बनेको हो । पौडेललाई सरकार सञ्चालनमा सहयोग गर्ने भन्दै बनाईएको उच्चस्तरीय राजनीतिक समन्व्य समितिको संयोजक बनाएर देउवाले यसको संकेत दिईसकेका छन्।

पौडेल सँधैं सभापति देउवाको आलोचक थिए । उनी कट्टर विरोधीको रुपमा परिचित नेता हुन् । तर, पछिल्लो समय आफ्नै समूहमा नेताहरु आ–आफ्नो ढंगले अघि बढ्न थालेपछि पौडेलले पनि सभापति देउवासँग मिलेर जाने तयारी थालेका हुन् । सभापति देउवाले आफू १४औं महाधिवेशनमा उठ्ने भनिसकेका छन् । र, सोहीअनुसार तयारी गरिरहेका छन् । यसअघि उनले कृष्णप्रसाद सिटौलासँग पनि छलफल गरिसकेका छन् ।

सिटौला देउवासँग मिलेर जान तयारी देखिएका छन् । उनको समूहमा रहेका प्रभावशाली नेता गगन थापा अहिले प्रकाशमान सिंहसँग नजिक देखिएका छन् । १४औं महाधिवेशनमा थापाले सिंहको समूहबाट महामन्त्रीमा उम्मेद्धवारी दिने बुझिएको छ । उनले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा भने गरिसकेका छन् । कांग्रेसनिकट उच्च स्रोतका अनुसार पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच लामो छलफल भएको थियो ।

उक्त छलफलमा कसरी जाने भन्नेबारे खाका समेत तयार पारिएको छ । अब हुने महाधिवेशनमा सभापतिमा आफूलाई सघाए पौडेललाई चुनावलगत्तै राष्ट्रपति बनाउने देउवाको वचन छ । हुन त यसअघि पनि सत्तापक्षीय गठबन्धनले वरिष्ठ नेता पौडेललाई राष्ट्रपति बनाउने तयारी गरेको बताईएको थियो । तर, पौडेलले भने आजको मितिसम्म आफू सभापतिमा उठ्ने दाबी गरिरहेका छन् । र, देउवासँग कुनैपनि हालतमा सम्झौता नगर्ने उनको अडान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP