शुक्रबार , बैसाख २६, २०८२

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बनेको छ । पार्टीको १४औं महाधिवेशन नजिकिएसँगै दुई नेताबीच नयाँ गठबन्धन बनेको हो । पौडेललाई सरकार सञ्चालनमा सहयोग गर्ने भन्दै बनाईएको उच्चस्तरीय राजनीतिक समन्व्य समितिको संयोजक बनाएर देउवाले यसको संकेत दिईसकेका छन्।

पौडेल सँधैं सभापति देउवाको आलोचक थिए । उनी कट्टर विरोधीको रुपमा परिचित नेता हुन् । तर, पछिल्लो समय आफ्नै समूहमा नेताहरु आ–आफ्नो ढंगले अघि बढ्न थालेपछि पौडेलले पनि सभापति देउवासँग मिलेर जाने तयारी थालेका हुन् । सभापति देउवाले आफू १४औं महाधिवेशनमा उठ्ने भनिसकेका छन् । र, सोहीअनुसार तयारी गरिरहेका छन् । यसअघि उनले कृष्णप्रसाद सिटौलासँग पनि छलफल गरिसकेका छन् ।

सिटौला देउवासँग मिलेर जान तयारी देखिएका छन् । उनको समूहमा रहेका प्रभावशाली नेता गगन थापा अहिले प्रकाशमान सिंहसँग नजिक देखिएका छन् । १४औं महाधिवेशनमा थापाले सिंहको समूहबाट महामन्त्रीमा उम्मेद्धवारी दिने बुझिएको छ । उनले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा भने गरिसकेका छन् । कांग्रेसनिकट उच्च स्रोतका अनुसार पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच लामो छलफल भएको थियो ।

उक्त छलफलमा कसरी जाने भन्नेबारे खाका समेत तयार पारिएको छ । अब हुने महाधिवेशनमा सभापतिमा आफूलाई सघाए पौडेललाई चुनावलगत्तै राष्ट्रपति बनाउने देउवाको वचन छ । हुन त यसअघि पनि सत्तापक्षीय गठबन्धनले वरिष्ठ नेता पौडेललाई राष्ट्रपति बनाउने तयारी गरेको बताईएको थियो । तर, पौडेलले भने आजको मितिसम्म आफू सभापतिमा उठ्ने दाबी गरिरहेका छन् । र, देउवासँग कुनैपनि हालतमा सम्झौता नगर्ने उनको अडान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP