शुक्रबार , भाद्र १२, २०८३

राष्ट्र सङ्घीय जनसङ्ख्या कोष यूएनएफपीए) ले कोभिड –१९ को महामारी विश्वव्यापि फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ ।

यूएनएफपिएद्वारा आज यहाँ जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ ।

महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रुपमा यूएनएफपीए क्रियाशील रहेका छ । कोभिड–१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरुमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँच समेत उनीहरुले छाड्न सक्ने र सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औल्याएको छ ।

प्रतिवेदन भन्दछ ,“ कोभिड –१९ का कारण विश्वव्यापि आपूर्ती व्यवस्थामा आएको अवरोधले महत्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ । महिलाहरु घरमै बस्ने हुनाले लैङ्गिक हिंसा बढ्न सक्छ । महिला तथा किशोरीमा कोभिड–१९ ले थप प्रभाव पर्ने देखाउँछ । ”

“कोभिड–१९ को महामारीले गहिरो असमानता निम्याउँदै छ । लाखौँ महिला तथा किशोरीहरु आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरिरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन् ” यूएनएफपीएका कार्यकारी निर्देशक डा. नातालिया कनेम भन्छन् । महिलाको प्रजनन् स्वास्थ्य सेवा , अधिकारहरु सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ती वितरणलाई सहज बनाउन र संकटासन्नहरुलाई सहयोग र संरक्षण गर्न प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरुका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ ।

लकडाउन ६ महिना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा ७ मिलियन अनिच्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने संभावना औल्याएको छ । साथै ३ महिनासम्म लकडाउन जारी रहेमा थप २ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधन प्रयोग गर्न असमर्थ हुने र १५ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने जनाएको छ ।

कोभिड–१९ को प्रतिकार्यले बालविवाह अन्त्य र प्रयासलाई समेत बाधा पु¥याएको छ । सन् २०२०–२०३० को बीचमा १३ मिलियन थप बालबिवाह हुने संभावना प्रतिवेदनले देखाएको छ । प्रतिवेदन भन्छ “ ती बालविवाह रोक्न सकिन्थ्यो । ” रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP