सोमबार , बैसाख २९, २०८२

भारतले अर्को सातादेखि न्युजिल्यान्डसँग हुने तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजका लागि रोहित शर्माको कप्तानीमा १६ सदस्य टोलीको घोषणा गरेको छ ।

भर्खरै टि–२० अन्तर्राष्ट्रियबाट भारतीय टोलीको कप्तानी छाडेका विराट कोहलीलाई विश्राम दिइएको छ । केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

वेन्कटेस अय्यर, हर्षल पटेल र आवेश खान टोलीमा अटाउँदा टि–२० विश्वकपमा रहेका मोहम्मद शामी, रविन्द्र जडेजा र जसप्रित बुमराह पनि टोलीमा छैनन् ।

दिपक चाहर, युजवेन्द्र चाहल, मोहम्मद सिराज लगायतले टोलीमा पुनरागमन गरेका छन् ।

भारतले न्युजिल्यान्डसँग दुई टेस्ट सिरिज पनि खेल्ने छ । त्यसैले उसले टि–२० सिरिजमा आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको हो ।

टि–२० सिरिजको पहिलो खेल नोभेम्बर १७ मा जयपुर र दोस्रो खेल नोभेम्बर १९ मा राँची र तेस्रो तथा अन्तिम खेल नोभेम्बर २१ मा कोलकतामा हुनेछ ।

भारतको टोली : रोहित शर्मा, लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस अय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), इशान किशन, वेंकटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु