शुक्रबार , बैसाख २६, २०८२

नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको पार्टीका विभिन्न तहको निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित रहने भएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पूर्ण रूपमा महाधिवेशनको तयारी केन्द्रित हुने जानकारी दिए । उनले महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकामा परिमार्जन नहुने भन्दै आउँदो मङ्सिर २४ गते महाधिवेशन उद्घाटन गरिने जानकारी दिए । कांग्रेसले महाधिवेशन प्रक्रियाअन्तर्गत राजधानीको भृकुटीमण्डपमा मङ्सिर २४ देखि तीन दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ ।

मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ । महाधिवेशन काठमाडौँमा गर्ने निर्णय पार्टीले यसअघि गरिसकेको छ । कांग्रेसले महाधिवेशन तयारीअन्तर्गत जिल्ला निर्वाचन सम्पन्न हुन बाँकी रहेका जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । रौतहटबाहेक ६३ जिल्लामा निर्वाचन अधिकृत खटाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पार्टीले रौतहट जिल्लाको क्रियाशील सदस्यताको विवाद भने मिलाउन बाँकी छ । रसुवाको भने क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेर प्रतिनिधि खटाइएको आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP