सोमबार , भाद्र १५, २०८३

दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन।अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ। कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११ गते प्रतिकिलो ६५ रूपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधबार एक सय ३० रूपैयाँ पुगेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार हरियो सागको मूल्य दुई सय रूपैयाँ किलो पुगेको छ। साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रूपैयाँभन्दा बढी छ। कालीमाटीमा स्थानीय काउली एक सय २० रूपैयाँ, टमाटर ८० रूपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०,घिरौंला ९०,काँक्रो एक सय ४०,करेला एक सय २०,आलु ७१ रूपैयाँ किलोमा बिक्री भएको छ।

कालीमाटीको तुलनामा उपभोक्ताले खरिद गर्ने खुला बजारमा अझै महँगो छ। तरकारी खुल्ला बजारमा किलोमै ५० रूपैयाँसम्म महँगो छ। खुल्ला बजारमा टमाटर एक सय ३० रूपैयाँ किलो पुगेको छ। त्यसैगरी,खुला बजारमा काउली एक सय ५०,बोडी एक सय ६०,भिण्डी एक सय २०, सिमी एक सय ४०, घिरौंला एक सय, काँक्रो एक सय ५०,करेला एक सय ३० रूपैयाँ किलोमा बिक्री भएको छ।

तरकारी धेरै महँगो भएपछि न्यून आम्दानी भएकालाई निकै कठिन भएको छ। तरकारी पाउकै ५० रूपैयाँ तिर्नु परेपछि उपभोक्ताले प्रयोगमा पनि कटौती गरेका छन्। होलसेल हुँदै खुद्रा बिक्रेताको पुग्दा उपभोक्ताले अझै धेरै तिनुपर्ने बाध्यता रहेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP