सोमबार , भाद्र १५, २०८३

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजीनामा नदिने चट्टाने अडानमा कायमै रहेपछि न्यायाधीशहरु गलेका छन् । उनीहरु भोलिबाट इजलासमा फर्कने भएका छन् ।विद्रोहमा उत्रिएका न्यायाधीशहरुबीच नै मतभेद हुन थालेपछि नयाँ परिस्थिति सृजना भएको हो । सोमबारबाट कतिपय न्यायाधीशहरु इजलासमा फर्किइसकेका छन् ।

आज प्रधानन्यायाधीश जबराले अधिकांश न्यायाधीशहरुको इजलास तोकेर कठोर निर्णय सम्म पुग्ने संकेत गरेका थिए । उनले काममा फर्कन या पद त्याग गर्न दबाब दिने रणनीति समेत बनाएका थिए ।

अदालतमा सुधारका लागि आफू तयार रहेको तर राजीनामा कुनै हालतमा नदिने जबराले अडान छाडेनन् । उनले आज पनि कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै राजीनामा नदिने स्पष्ट पारेका थिए । जबराले संविधान अनुसार मात्र आफू चल्ने भन्दै बर्हिगमन पनि त्यही अनुसार गर्न चुनौती दिदै आएका छन् ।

तिहार सुरु हुनै लाग्दा नेपाली काँग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायीहरुको संगठनले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराको राजीनामाको विपक्षमा आफूलाई उभ्याएका थिए । न्यायधीशहरुले इजलास बहिष्कार गरेकोमा आलोचना समेत गरेका थिए । उनीहरुको विज्ञप्तिबाट जबरालाई बलियो साथ रहेको संकेत मिलेको थियो ।

तिहार लगत्तै प्रधानन्यायाधीश जबरा इजलास तोक्ने निर्णयमा पुगे । उनले धमाधम इजलास तोकेर न्यायाधीशहरुलाई इजलासमा फर्कन वाध्य पार्न थाले । विद्रोहमा उत्रिएका न्यायाधीशहरुबीच नै मतभेद भएपछि परिस्थिति बदलियो । अब भोलिबाट अदालतको काम सुचारु हुने अवस्था विकास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP