बिहिबार , जेठ २, २०८२

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ। सेनाध्यक्ष नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानसेनापतिले मंगलबार भेटवार्ता गरेका हुन्।

तीनदिने भारतको औपचारिक भ्रमणमा रहेका शर्मा र भारतीय सेनाध्यक्षबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधानसेनापति र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको छ। छलफलपछि प्रधानसेनापति शर्मालाई भारतीय सुरक्षाका बारेमा प्रस्तुति समेत गरिएको थियो।

त्यसअघि उनले राष्ट्रिय समर स्मारकमा वीर सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका थिए। प्रधानसेनापति शर्माको सम्मानमा भारतीय सेनाको एक टुकडिले सम्मान गारत अर्पण गरेको थियो।

भारत भ्रमणका क्रममा प्रधानसेनापतिले मानार्थ भारतीय सेनाध्यक्षको दर्ज्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP