मंगलबार , अषोज २७, २०८३

राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् । यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को ’दयगतमा अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा. रमेशकुमार आचार्यले जानकारी दिए ।

उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए ।

डा. आचार्यले पुनः संक्रमण बढ्दै जान सक्ने र अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन कमी हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले समयमा नै उचित व्यवस्थापनमा ध्यान पु(याउनुपर्ने सुझाव दिए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP