आइतबार , भाद्र १४, २०८३

नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनाल पार्टीको काममा सक्रिय हुन थालेका छन् । स्वास्थ्यमा सुधार भएपछि उनी पार्टीको काममा सक्रिय हुन थालेका हुन् । मिर्गौला प्रत्यारोपणपछि भारत र स्वदेशमै पनि लामो समय आरामरत खनाल स्वास्थ्य सामान्य बन्दै गएपछि पार्टीको काममा सक्रिय हुन थालेका हुन् ।

एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले खनाल आज पार्टी कार्यालयमा पुगेर विदेश विभागको पहिलो बैठकमा सहभागी भएको जानकारी दिए । खनाल पार्टीको विदेश विभाग प्रमुखको समेत जिम्मेवारीमा रहेका छन् । सो क्रममा उनले विभागका सदस्यहरुसँग विभागका आगामी कामबारे छलफल गरेको खतिवडाको भनाइ छ ।

गत साउन २० गते भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा खनालको मिर्गौला प्रत्यारोपण भएको थियो । मिर्गौला उपचारका क्रममा शुरुमा काठमाडौंस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति असार २ गते उनी दिल्लीस्थित एपोलो अस्पताल गएका थिए । मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किएका थिए ।

चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधिभर उनी कुनै पनि कार्यक्रममा उपस्थित भएका थिएनन् । उक्त समय अवधी सकिए पनि अझै केही समय उनी सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने एकीकृत समाजवादीले जनाएको छ ।

यसैबीच एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा आयोजना गरिने भएको छ । ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते विहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP