शनिबार , भाद्र १३, २०८३

हिउँद मौसमले प्रवेश गरेसँगै अफगानिस्तानमा चरम भोकमरीको संकट देखा परेको छ।

बीबीसीका अनुसार राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको मैदानमा सयौँ मानिसहरू भोक मेटाउनका लागि पाउने पिठो पाउने आशामा बसेका छन्। जहाँ विश्व खाद्य कार्यक्रमले पिठो बाँड्ने गर्छ।

भोग भगाउन उपस्थित भएका सयौँ मानिसहरुको भीडलाई शान्त बनाउन त्यहाँ तालिबान सैनिक खटिएका छन् । भोग मेटाउन आएका उनीहरु तालिबन सैनिकको क्रुरता देखेर अनुहार रिस देखिएको बीबीसीले जनाएको छ ।

भीडमा भोक मेटाउनका लागि पिठो लिन आएका एक वृृद्ध भन्छन्, ‘हिउँद आइसक्यो । मैले रोटी बनाएर राख्न सकिनँ भने हिउँद कसरी कटाउने थाहा छैन।’

बीबीसीका अनुसार दुई करोड २० लाख मानिसलाई सहयोग गर्न विश्व खाद्य कार्यक्रमलाई अफगानिस्तानमा खाद्य आपूर्ति बढाउन दबाब दिइएको छ । तर, विज्ञहरुका अनुसार यो हिउँद अनुमान गरे जस्तो नराम्रो भयो भने चरकम भोकमरीको चपेटामा पर्ने आँकलन गरिएको छ।

आइतबार काबुल आएका विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिज्लीको विश्लेषणमा अवस्था निकै जोखिमपूर्ण हुनेछ । ‘तपाईँले अनुमान गर्न सक्ने जति नराम्रो अवस्था छ । हामी पृथ्वीमै सबैभन्दा खराव मानवीय सङ्कट खेप्न गइरहेका छौँ। पन्चानब्बे प्रतिशत मानिससँग यथेष्ट खाद्यान्न छै,’ उनी भन्छन्,‘अनि अब हामी दुई करोड ३० लाख मानिस भोकमरीको प्रकोपमा पर्न गइरहेको देख्दै छौँ। आगामी छ महिना विपत्तिपूर्ण हुनेछ। यो पृथ्वीको नर्क हुनेछ।’

अगस्टमा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिनुअघि असरफ गनीको सरकारले विदेशी सहायताका कारण हिउँदको समयमा भोकमरी अन्त्य हुने भनिएको थियो । तर, त्यो अपेक्षा सरकारको पतनसँगै हराएको छ। -बीबीसीकाे सहयाेगमा

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP