मंगलबार , बैसाख २९, २०८३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्न चाहेमा एमालेले एक हप्तामै ढालिदिन सक्ने बताएका छन्।

विराटनगरमा सोमबार आयोजित चाडबाड चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई ‘पञ्चमुखी’को संज्ञा दिए । पाँचतिर फर्किएजस्तो उद्देश्यविहीन पञ्चमुखी सरकार सातामै ढाल्न सक्ने उनको दाबी छ ।

अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहेका दुई शीर्ष नेताको एमसिसीबारे बुझाइ नै फरक र झुटो आएको भन्दै कटाक्ष गरेका हुन् ।

प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न पत्र पठाएको भनिरहँदा अर्का सत्ता साझेदार दल माओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्र नपठाएको अभिव्यक्ति दिएको भन्दै उनले कसले झुट बोलिरहेको हो पत्ता लगाउनुपर्ने बताए । पाँच दलप्रति लक्षित गर्दै उनले भने, ‘पाँचतिर फर्किएकाहरुको उद्देश्य केही छैन। हामीले चाह्यौँ भने सरकार हप्ता दिनमै ढाल्न सक्छौँ। तर, अहिले हतार छैन। आफैँ ढल्छन्।’

पछिल्लो समय अदालतले सम्मानजनक फैसला नगरेको आरोप लगाउँदै ओलीले भने, ‘हाम्रो अदालतले सम्मानजनक फैसला गरेन। संविधानबाहिर गएर फैसला गरेको छ। यसरी नै अदालतले फैसला गर्दै गए लोकतन्त्र र जनताको विश्वासमा ठेस पुग्छ।’

संसद् विघटन बदरको फैसला गर्नुको पछाडि पनि सेटिङ, लेनदेनको विषय रहेको उललेख गर्दै उनले भने, ‘कसैलाई मन्त्री त कसैलाई राजदूत बन्ने रहर रहेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP