मंगलबार , बैसाख २९, २०८३

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतको काम सुचारु गर्न कडा रुपमा प्रस्तुत भएका छन् । उनले तिहारलगत्तै अदालत खुलेपछि इजलास तोकेर अदालतको काम कारबाहीलाई सुचारु गर्न थालेका हुन् ।यसअघि विद्रोहमा उत्रिएका न्यायाधीशहरु ब्याक हुन थालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाका लागि दबाब सृजना गर्न इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरुमध्ये केही न्यायाधीश फर्किएका छन् । उनीहरु इजलासमा बसेर आदेश समेत जारी गरेका छन् ।

आज प्रधानन्यायाधीश जबराले इजलास तोकेका न्यायाधीशहरु कुमार चुँडाल र बमकुमार श्रेष्ठ दुवै एकल इजलासमा बसे । विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास बस्यो । आज आठजना न्यायाधीश इजलासमा फर्किनुलाई अर्थपूर्ण मानिएको छ ।

सर्वोच्च अदालतका २० न्यायाधीशमध्ये ८ न्यायाधीश इजलासमा फर्किएपछि प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब फितलो हुँदै गएको बुझिएको छ । भोलिबाट जबराले थप न्यायाधीशहरुका लागि इजलास तोक्ने भएका छन् ।

इजलासमा बस्ने कि नबस्ने भन्नेबारे विद्रोहमा उत्रिएका न्यायाधीशहरुलाई स्पष्ट पार्न प्रधानन्यायाधीश जबराले आग्रह गर्ने बुझिएको छ । त्यसै अनुसार उनले भावी कदम चाल्ने भएको निकट स्रोतले जानकारी दिएको छ । उनले त्यसपछि कठोर निर्णय लिने तयारी समेत गरेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार विगतमा आफूलाई मार्ग प्रशस्त गर्न भनेका न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराले इजलास नबस्ने भए मार्ग प्रशस्त गर्न भन्ने तयारी समेत गरेका छन् । अब कि राजीनामा दिनुपर्ने कि इजलासमा फर्कनुपर्ने वाध्यतामा विद्रोहमा उत्रिएमा न्यायाधीशहरु परेका छन् ।

तिहार अगाडि नै नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलए र नेकपा एमाले निकट कानुन व्यवसायीको संगठन पीपीएलएले विज्ञप्तिमार्फत् सर्वोच्च अदालतका न्यायाधीशहरु इजलास बस्न नमान्नु अशोभनीय र अस्वभाविक भनेलगत्तै फरक सन्देश गएको थियो । प्रधानन्यायाधीश जबराको पक्षमा काँग्रेस र एमाले देखिएको स्पष्ट सन्देश गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP