मंगलबार , अषोज २७, २०८३

पछिल्लो समय डेंगुका बिरामी देखा परिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेंगी भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगु सर्दछ । एडिज जातका लामखुट्टे सफा पानीमा समेत जम्मा हुने भएकाले जुनसुकै भाँडोमा हुर्कन सक्छन् । एडिज जातको लामखुट्टेले जुनसुकै समयमा टोक्ने सम्भावना भएकाले डेंगुबाट जोगिन सचेत हुनुपर्छ ।

विश्वमा प्रत्येक वर्ष डेंगु रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिस बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसको मृत्यु हुने गरेको छ ।
डेंगु हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरु, आँखाका गेडी र टाउको बेस्सरी दुख्ने, शरीरमा राता बिमिराहरु आउने, वाकवाकी लाग्ने वा र बान्ता हुने गर्छ । डेंगु हुनबाट यसरी छुटकारा पाउन सकिन्छ ।
–पुरै शरीर ढाक्ने लुगा लगाउने ।

–बिहान, दिउँसो, राती जुनसुकै बेला पनि झुल लगाएर मात्र सुत्ने ।

–दिउँसो पनि लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने ।

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

–आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने ।

–पानी भरेका भाँडाहरु जस्तै ड्रम, ट्याङ्की, बाटा, बाल्टिन, आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने ।

घर, विद्यालय अँध्यारो कुना काप्चा जस्तै पर्दा पछाडि, खाटमुनि, शौचालयभित्र, डेस्क, बेन्चमुनि आदि जस्ता ठाउँहरुमा कीटनाशक औषधि छर्किने ।

–कम्तिमा साताको एक पटक एयरकुलर, पानी ट्याङ्की, फूलदानी गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP