शुक्रबार , बैसाख २६, २०८२

एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि चर्चामा ल्याइदिए । बेलायतबाट फर्किएलगत्तै देउवाले एमसीसीबारे बोले । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न आफू र प्रचण्डले अमेरिकालाई पत्र लेखिसकेको बताएर देउवाले तरंग ल्याइदिए । उनले बेलायतमा अमेरिकी राष्ट्रपति जो वाइडेन र एमसीसीका उच्च अधिकारीसँग पनि भेटेका थिए । उक्त भेटबाट उत्साही देउवाले देश फर्किएलगत्तै एमसीसी पास हुनेमा ढुक्क हुँदै बोलेपछि सर्वत्र चासो भए ।

देउवाले एमसीसी पास गर्न अमेरिकालाई पत्र लेखेको खुलाएको भोलिपल्टै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्ने भनेर पत्र नलेखेको बताए । उनले देउवाको भनाईको खण्डन गरे ।

एमसीसी पास गर्न देशभित्र सहमति हुनुपर्ने र त्यसका लागि समय माग्दै पत्र लेखेको खुलाए । देउवाले जे बोले त्यसको खण्डन प्रचण्डले गरे । यसकारण यी दुईमध्ये एकले एमसीसीको पत्रबार झूटो बोलेको स्पष्ट भएको छ ।

आज विराटनगरमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकले झूट बोलेको बताए । तर, को झूटो हो ? उनी अझै स्पष्ट देखिएनन् ।

देउवा एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । प्रचण्ड एमसीसी संशोधनविना पारित गर्न नहुने पक्षमा छन् । तर, दुवै नेता सत्ता गठबन्धनका मुख्य घटक काँग्रेस र माओवादीका नेतृत्वकर्ता हुन् । एमसीसीकै मुद्दाले दुई नेताबीच केही समस्या आउन थालिसकेको छ ।

एमसीसीबारे देउवा र प्रचण्डले पत्र पठाएको स्पष्ट भइसकेको छ । तर, पत्रमा एमसीसी पारित गर्ने भनिएको या संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक भएकाले समय मागिएको स्वतन्त्र रुपमा पुष्टि भएको छैन । एमसीसीबारे देउवा र प्रचण्डले पठाएको पत्र अझै गोप्य भएकाले स्पष्ट हुन सकेको छैन । तर, यी दुईमध्ये एकले झूटो बोलेको स्पष्ट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP