आइतबार , भाद्र १४, २०८३

वाग्मती प्रदेश सभाको बैठक आज बस्दैछ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको सभामुख सानुकुमार श्रेष्ठले बताए। सोमबार ३ बजेका लागि बैठक बोलाइएको छ।

बैठक आजै सुरुवात भए पनि समय अभाव भएमा मंगलवारमात्र विश्वासको मत लिने सभामुख श्रेष्ठले बताए।

मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत लामिछानेले सोमवार नै विश्वासको मत लिने तयारी गरिएको बताए। विश्वासको मतको प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री पाण्डेको तयारी छ। हाल वाग्मती प्रदेशमा तीन मन्त्री छन्। नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते पदबाट राजीनामा दिएसँगै भोलिपल्ट पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

मुख्यमन्त्री पाण्डेसँग कांग्रेसबाट कृष्णलाल भँडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनालले मन्त्रीको सपथ लिएका हुन्। मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भँडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

वाग्मतीमा एमालेको ४३ सांसद रहेको छ। सत्ता गठबन्धन दल माओवादीको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाको १ सांसद रहेको छ। यसैगरी विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ जना सांसद वाग्मती प्रदेशमा रहेका छन्। पाण्डेले ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP