शुक्रबार , बैसाख २६, २०८२

नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध थप सशक्त विरोध कार्यक्रम ल्याउने निर्णय गरेको छ । आइतबार बसेको बारको बैठकले आफ्नो सबै इकाइहरूलाई उजागर गर्दै थप सशक्त कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

न्यायापालिका सुधारको पक्षमा बार रहेको जिकिर गर्दै बार पदाधिकारीहरूले प्रधान न्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । आजको भर्च्यूअल बैठकमा भएको छलफलका क्रममा प्रधान न्यायाधीश जबराविरुद्ध थप कार्यक्रमहरूको घोषणा गर्ने निष्कर्ष निस्केको हो ।

छलफल कार्यक्रममा विभिन्न प्रदेश र जिल्लास्तरका बार इकाइहरूले आन्दोलनलाई बीचैमा रोक्न नहुने सुझाव दिएका हुन् । उनीहरूले जिल्ला अदालत र उच्च अदालत तथा उच्च अदालतका इजलासहरूमा रहेका समस्या पनि उठाउन बार नेतृत्वलाई सुझाव दिएका छन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले देशव्यापी रूपमा आन्दोलनको पक्षमा सुझाव आएको बताए । ‘करिब २५/३० वटा बार इकाइका पदाधिकारीहरूले आन्दोलन अझै सशक्त बनाउनुपर्छ, कुनै बहानामा रोक्नु हुँदैन भन्ने सुझाव दिनुभयो, अध्यक्ष श्रेष्ठले भनेका छन् ।

बाँकी इकाइहरूसँग सोमबार छलफल गर्नेसमेत अध्यक्ष श्रेष्ठले बताए । ‘सोमबार बाँकी इकाइहरूसँग छलफल गरेर हामी नयाँ निर्णयमा पुग्नेछौँ,’ उनले भनेका छन् । उनकाअनुसार अब भोलिबाट पुनः धर्ना कार्यक्रमसमेत शुरू हुनेछ ।

बारले प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै आएको छ । उसले विरोध कार्यक्रमसमेत गर्दै आएको छ । तर, जबराले राजीनामा नदिने बरु केही समयपछि आफू सम्मानपूर्वक बाहिरिने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP