शनिबार , भाद्र १३, २०८३

भारत टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणाबाटै बाहिरिएको छ ।

आईतबार साँझ सम्पन्न खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै समूह-२ बाट सेमिफाइनल पुगेसँगै भारत प्रतियोगिताबाटै बाहिरिएको छ ।

नामिबियासँगको खेलमा भारतको जित वा हारले अब कुनै अर्थ राख्ने छैन । उक्त खेल जिते पनि भारतको ६ अंक मात्रै हुनेछ ।

अफगानिस्तानलाई हराएको न्युजिल्याण्ड भने समूह-२ को शीर्ष स्थानमा रहँदै समेफाइनलमा पुगेको छ ।

अफगानिस्तानले दिएको १२५ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

प्रतियोगिताको सेमिफाइनलमा अब इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तान भिड्ने निश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP