सोमबार , भाद्र १५, २०८३

‘जनताको आयोग महा–अभियान’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र भइरहेको बताएको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाभियानले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाव सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र भएको जनाएको हो ।

प्रधानन्यायाधीशविरुद्ध षड्यन्त्र भइरहेको र त्यसलाई कुनैपनि हालतमा सफल हुन नदिने महाभियानले बताएको छ ।महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले बेन्च बहिष्कार गर्ने न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताइन् । उनले नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश जबरालेजस्तो उल्लेखनीय काम अरू कसैले पनि गर्न नसकेको दाबीसमेत गरिन् ।

उनले अब न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट बञ्चित गर्नेहरूलाई जहाँ भेट्यो त्यही कालो मोसो दल्ने पनि चेतावनी पनि दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP