
‘जनताको आयोग महा–अभियान’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र भइरहेको बताएको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाभियानले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाव सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र भएको जनाएको हो ।
प्रधानन्यायाधीशविरुद्ध षड्यन्त्र भइरहेको र त्यसलाई कुनैपनि हालतमा सफल हुन नदिने महाभियानले बताएको छ ।महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले बेन्च बहिष्कार गर्ने न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताइन् । उनले नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश जबरालेजस्तो उल्लेखनीय काम अरू कसैले पनि गर्न नसकेको दाबीसमेत गरिन् ।
उनले अब न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट बञ्चित गर्नेहरूलाई जहाँ भेट्यो त्यही कालो मोसो दल्ने पनि चेतावनी पनि दिइन् ।