शुक्रबार , जेठ २४, २०८२

अमेरिकाको ह्यूस्टनमा आयोजित ट्रेविस स्कट के एस्ट्रोवर्ल्डको सांगितिक कार्यक्रमा भागदैड हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ ।

आपतकालीन अधिकारीहरुले भीड स्टेजतर्फ बढेपछि भागदौड मच्चिएको बताएका छन् । कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेका थिए । घटनापछि हार्ट अट्याकका कारण विरामी परेका ११ जनाालाई अस्पताल भर्ना गरिएको थियो । ती मध्ये ८ जनाको मृत्यु भएको हो ।कार्यक्रममा सहभागी कम्तिमा ३ सय मानिसलाई चोटपटक लागेको जनाइएको छ । स्थनीय नेता तथ ह्यारिस काउंटीकी जज लीना हिडाल्गले यो घटनालाई निकै दुःखद् भनेकी छन् । उनले यस्ता रमाइलो हुने कार्यक्रममा मानिसहरु खुशी हुन आउने भन्दै यसप्रकारको घटनाको अपेक्षा नगरिने बताएकी छन् ।

ह्यूस्टनका अग्नि नियन्त्रक प्रमुख स्यामूएल पेनाले स्थानीय समय अनुसार शुक्रबार अबेर सवा नौ बजेपछि भागदौड सुरु भएको बताएका छन् । उनले भीड स्टेजतर्फ अगाडि बढेपछि भागदौड मच्चिएको बताए । यो घटनापछि शनिबार आयोजना हुने थप कार्यक्रमहरु स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP