मंगलबार , बैसाख २९, २०८३

आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट अघि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले पहिलो अभ्यास खेलमा विजयी भएको छ । नेपाली महिला टोलीले बंगलादेश शिक्षा शिक्षा प्रतिष्ठान(बिकेएसपि) लाई २४ रनले पराजित गरेको छ ।ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै कुल ७२ रन बनाएका थिए । नेपालको लागि कविता जोशीले ३९ बलमा १ चौका सहित सर्वाधिक २३ रनको योगदान दिइन् । ओपनर काजल श्रेष्ठ २० बलमा २ चौका सहित १२ र सीता राना मगर ७ रनमा आउट भएका थिए । यी दुबै ओपनर रन आउट हुन पुगे ।

इन्दु बर्मालाई नेपालले ३ रनमा गुमाएको थियो । कप्तान रुविना क्षेत्री बेलबासे ३३ बलमा १६ रनमा अविजित रहिन् । डली भट्ट शून्य, सरिता मगर २ र कविता कुँवरले १ रन बनाए । बंगलादेशकी दीक्षाले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् ।

जितका लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको बिकेएसपी १७.१ ओभरमा ४८ रनमा अल आउट भयो । उनको ओपनर लिसाले ३५ बलमा २ चौका सहित सर्वाधिक २५ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाली स्पिनर संगिता राईले सर्वाधिक ४ विकेट लिइन् । सरस्वती चौधरी, रुविना र सीता र कविता कुँवरले एक एक विकेट लिए ।

नेपाली महिला टोली एक हप्ताको बंगलादेशमा रहनेछ । नेपाली महिला टोलीले थप तीन अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली महिला टोली कतार भ्रमणमा जानेछन् । नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते (नोभेम्बर १६, १७ र १८) मा कतारसँग तीन टि२० आई सिरिज खेल्नेछ । त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ लाग्ने छ । एसिया छनोट मंसिर ६ देखि १२ सम्म (नोभेम्बर २२ देखि २८) सम्म हुनेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला टोलीः

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP