बुधबार , जेठ १, २०८२

तिहार खासगरी हिन्दु नेपालीको मुख्य पर्व हो । पछिल्लो समय नेपालका अन्य समुदायमा पनि यो पर्व लोकप्रिय बनिरहेको छ । आजभोलि नेपाली मात्रै होइन, विदेशी पर्यटक पनि सप्तरंगी टीका लर्काएर रमाइलो गर्न थालेका छन् ।

पोखरामा रहेको पश्चिमाञ्चल होटेल संघले पर्यटक लक्षित भाइटीका महोत्सव आयोजना गरेको छ । १६ वर्षअघि सुरु भएको यो महोत्सवको १४औं संस्करण शनिबार मनाइएको छ ।

‘दुई वर्ष कोभिड संक्रमणका कारण रोकियो । अहिले फेरि सुरु गरेका छौं,’ होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘नेपाल आएका पर्यटकलाई अब भाइटीका महोत्सव’bout थाहा हुन थालिसक्यो । अहिलेको महोत्सवमा यसअघि टीका लगाएर गएकाहरू पनि सहभागी छन् ।’ उनका अनुसार ६ जना पर्यटकले दोहोर्‍याएर भाइटीका लगाएका छन् ।

यो वर्ष विभिन्न ९ देशका २० विदेशी नागरिकले टीका लगाएका उनले जानकारी दिए । पोखरास्थित रेन्वो चिल्ड्रन होमका छात्राहरूले विदेशी पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धनमा सघाउने उद्देश्यले भाइटीका कार्यक्रम आयोजना गरिएको सुवेदीको भनाई छ ।

टीका कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएका थिए । टीका लगाइदिएपछि उनीहरूलाई सयपत्री फूलको माला, टोपी र सेलरोटीलगायत परिकार दिइएको हो । सोही अवसरमा देउसी भैलो र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको निवर्तमान अध्यक्ष विकल तुलाचनले बताए ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । उनले तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने विगत १३ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको बताए ।

भाइटीका महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको अध्यक्ष तुलाचनले बताए । टीका लगाएपछि विदेशी पर्यटकहरू निकै खुसी देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP