बुधबार , जेठ १, २०८२

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मकरूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ ।महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशमा आंशिकदेखि समान्य बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि शनिबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कात्तिक २१ गते आइतबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव नौ र न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP