आइतबार , भाद्र १४, २०८३

पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुरा चपाउने गरेको आरोप लगाएका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने भन्दै चिठ्ठी लेखेको भन्ने विषयमा भट्टराईले चुनावी राजनीति गर्दै कुरा लगाएको आरोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रचण्ड लक्षित गरेर लेखेका छन्, ‘जिम्मेवार राजनीतिक नेतृत्वले माछा देखे भित्र हात, सर्प देखे बाहिर हात गर्दैन । मुख्य कुरो कुनै पनि विषय देश र जनताको हितमा छ कि छैन भन्ने हो । यदि छ भने राजनेताले जोखिम मोलेर पनि त्यो कार्य गर्छ र जनतालाई सम्झाउँछ । चुनावी राजनीति मात्र गर्ने कुरा चपाउँछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफु र प्रचण्ड दुवै जनाले एमसीसी पास गराउँछौँ भनेर पत्र पठाइसकेको बताएका थिए । प्रधानमन्त्री देउवाको भनाई खण्डन गर्दै प्रचण्डले सम्झौता पारित गर्छौं भनेर चिठी नलेखिएको बताएका थिए ।

ललितपुरको खुमलटारस्थित देउसीभैलो टोलीलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताएका थिए । स्कटल्याण्डको ग्लास्गोमा भएको कोप–२६ मा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले बिहीबार प्रचण्ड र आफूले एमसीसी पास गराउँछौँ भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।

उक्त भनाइपछि प्रचण्डले सबै दलहरूसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने र त्यसको निम्ति समय चाहिने भन्दै चिठी लेखिएको बताएका हुन् ।

प्रचण्डको उक्त भनाइपछि डा. भट्टराईले कुरा चपाउने काम गरेको बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP