शुक्रबार , बैसाख २६, २०८२

पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुरा चपाउने गरेको आरोप लगाएका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने भन्दै चिठ्ठी लेखेको भन्ने विषयमा भट्टराईले चुनावी राजनीति गर्दै कुरा लगाएको आरोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रचण्ड लक्षित गरेर लेखेका छन्, ‘जिम्मेवार राजनीतिक नेतृत्वले माछा देखे भित्र हात, सर्प देखे बाहिर हात गर्दैन । मुख्य कुरो कुनै पनि विषय देश र जनताको हितमा छ कि छैन भन्ने हो । यदि छ भने राजनेताले जोखिम मोलेर पनि त्यो कार्य गर्छ र जनतालाई सम्झाउँछ । चुनावी राजनीति मात्र गर्ने कुरा चपाउँछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफु र प्रचण्ड दुवै जनाले एमसीसी पास गराउँछौँ भनेर पत्र पठाइसकेको बताएका थिए । प्रधानमन्त्री देउवाको भनाई खण्डन गर्दै प्रचण्डले सम्झौता पारित गर्छौं भनेर चिठी नलेखिएको बताएका थिए ।

ललितपुरको खुमलटारस्थित देउसीभैलो टोलीलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताएका थिए । स्कटल्याण्डको ग्लास्गोमा भएको कोप–२६ मा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले बिहीबार प्रचण्ड र आफूले एमसीसी पास गराउँछौँ भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।

उक्त भनाइपछि प्रचण्डले सबै दलहरूसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने र त्यसको निम्ति समय चाहिने भन्दै चिठी लेखिएको बताएका हुन् ।

प्रचण्डको उक्त भनाइपछि डा. भट्टराईले कुरा चपाउने काम गरेको बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP