मंगलबार , अषोज २७, २०८३

आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इन्डिजलाई पराजित गरेको छ । सुपर १२ को समूह १ अन्तर्गतको आफ्नो अन्तिम खेलमा युएईको अबुधाबीमा बिहीबार राति श्रीलंका २० रनले विजयी भएको हो ।

१९० रनको विजयी लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ८ विकेटको नोक्सानीमा १६९ रनमात्र जोड्न सक्यो । डिफेन्डिङ च्याम्पियन वेष्ट इन्डिज यसपालि निकै नै पीडामा छ ।

सेमिफाइनल प्रवेशको सम्भावनाबाट बाहिरिएको वेष्ट इन्डिजले अब अन्तिम खेल खेल्न बाँकी छ । वेष्ट इन्डिजका लागि शिमरोन हिटम्यानले ५४ बलमा ८१ रन जोडेर नटआउट रहे । निकोलास पुरनले ३४ बलमा ४६ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर खडा गर्न सकेनन् ।

श्रीलंकाका वानिन्दु डी सिल्भा, बिनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २–२ विकेट लिए । दुसमन्था चमिरा र दासुन सनकाले १–१ विकेट लिए ।

श्रीलंकाको इनिङ्स

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ३ विकेटको नोक्सानीमा १८९ रन जोड्न सफल भयो । प्लेयर अफ द म्याच चरिथ असलंकाले ४१ बलमा सर्वाधिक ६८ रन बनाए ।

पाथुम निसांकाले ४१ बलमा ५१ रन बनाए । आन्द्रे रसेलले २ तथा ड्वायन ब्राभोले एक विकेट लिए ।

अंक तालिका

यो खेलपछि श्रीलंकाले जितसहित यसपालिको विश्वकप सकाएको छ । सेमिफाइनलबाट बाहिरिइसकेको भए पनि उसले घाउमा मल्हम लगाउँदै प्रतियोगिता सकाएको हो ।

डिफेन्डिङ च्याम्पियन भने अझै पनि पीडामा छ । वेष्ट इन्डिजले अझै एक खेल खेल्न बाँकी छ ।

समूह १ मा इङ्गल्याण्ड ४ खेलबाट ८ अंकसहित सेसिमफाइनलमा पुगिसकेको छ । अष्ट्रेलिया ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । समान खेल र अंकबाटै दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।

५ खेलबाट ४ अंकको श्रीलंका, ४ खेलबाट २ अंकको वेष्ट इन्डिज र ५ खेलबाट अंकविहीन बंगलादेश बाहिरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP