मंगलबार , बैसाख २९, २०८३

प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई जवाफ फर्काएका छन् ।

बुधबार नेता थापाले आगामी निर्वाचनमा एमालेलाई भ्याकुम क्लिनरले सफा गरेझैँ बढार्ने भनेपछि त्यसको प्रतिवादमा उत्रदै अध्यक्ष ओलीले एमाले सिध्याउने होइन सिंगो कांग्रेस हेर्न भनेर जवाफ दिएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘हिजो हो कि कहिले एक जना बाबु यतै भक्तपुरतिर घुम्दै आएछन् । भ्याकुम क्लिनर लिएर आ’का रहेछन् । भ्याकुम क्लिनरबाट एमाले सिध्याउने रे ! (हाँस्दै) विचरा ! एमाले सिध्याउने भ्याकुम क्लिनर रे ! सिंगै कांग्रेस कहाँ गयो भ्याकुम क्लिनरले एमाले सिध्याउने सपना तिनरका । म त्यसमा केहीँ भनिरहन चाहन्न ।’

त्यसपछि ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खनिए । ओलीले प्रचण्डलाई देश कुरुक्षेत्र होइन अब धर्म, शान्ति र विकासको क्षेत्र बन्ने बताएका छन् ।

केही दिनअघि चितवनमा पनि ओलीले उक्त कुरा भनेका थिए । र आज पनि उनले त्यहीँ दोहोर्याउँदै कुरुक्षेत्रको सपना नदेख्न भने ।

‘एकजनाले अस्ति भने कुरुक्षेत्र बन्छ अब । कुरुक्षेत्र बनाएको पनि देखियो । कुरुक्षेत्र सबै ठेगान पनि लगाइयो । अब कसैले कुरुक्षेत्रका धाक नलगाए हुन्छ यो नेपाल नै अब धर्म क्षेत्र हुन्छ । यो विकास क्षेत्र हुन्छ । यो शान्ति क्षेत्र हुन्छ । यो जनताको समृद्धिको क्षेत्र हुन्छ । समृद्ध नेपाल, सुखी नेपाली भएको क्षेत्र हुन्छ नेपाल । के को कुरु क्षेत्र ?,’ उनले भने, ‘कुरुक्षेत्र बनाउने भनेर कस्लाई धाक देखाएको, तर्साएको अहिले ? हामीले कुरुक्षेत्र बनाएको हेर्यौँ, १७ हजार मान्छे मारेको हेर्यौँ । ढुंगाका पासामा मान्छेको हड्डी फोडेको पनि हेर्यौँ ।काठ घोट्ने बर्माले मान्छेका शरीरमा घोपेको पनि हामीले देख्यौँ । ती सबै अत्याचारहरु पराजित गरेर आएका छौँ । त्यसकारण हामीलाई कसैले कुरुक्षेत्रको धाक कसैले नलगाए हुन्छ । हामी त्यस्ता कुराको वास्ता गर्दैनौँ, देश बनाउने कुरासँग सरोकार छ ।’

अध्यक्ष प्रचण्डभन्दा आफूले पहिले गणतन्त्रको जग बसाएको पनि ओलीको दाबी छ । ओलीका अनुसार प्रचण्डले गणतन्त्र भनेर भन्नुभन्दा २५ वर्षअगाडि एमालेले गणतन्त्रको अभियान थालिसकेको थियो ।

‘अस्ति कीर्तिपुरमा गएर एकजना निक्कै मनस्थिती डगमगाएको देखिन्थ्यो । केपी ओलीले गणतन्त्र कहिल्यै मन पराएन भनेर । पुष्पकमल दाहालले गणतन्त्र भनेर भन्नुभन्दा २५ वर्षअगाडि हामीले गणतन्त्रको अभियान थालिसकेका थियौँ । २२ वर्षअगाडि प्रचण्डले गणतन्त्रका कुरा गर्नुभन्दा अगाडि गणतन्त्रको अभियान लिएर आन्दोलन लिएर म जेलमा परेको थिए,’ ओलीले भने, ‘प्रचण्डले ती कुरा भन्दा मतदानको अभिमतबाट बामपन्थीको सरकार बनाइसकेका थियौँ । ज्येष्ठ भत्ता कसरी ? सामाजिक सुरक्षा कसरी हुन सक्छ ? आधुनिक संसारमा लोककल्याणकारी कसरी हुन्छ त्यो देखाएका थियौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP