आइतबार , भाद्र १४, २०८३

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने बताएका छन् । बिहीवार नेकपा (एकीकृत समाजवादी) मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहँदैमा संघीय संसदको निर्वाचन चाडैं नहुने बताए ।

उनले संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समयमा हुने बताए । उनले राष्ट्रियसभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै उक्त निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन तथा टुटाउन नसक्ने बताए ।

उनले भने– ‘कसैले भ्रम नपाले हुन्छ । आजै हुन्छ कि, छिट्टै चुनाव हुन्छ कि, छिट्टै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव समयमै हुनेछ । त्यसको निम्ति हामी जसरी प्रत्येक काममा सफल हुँदै हिँडेका छौँ । अगाडि बढेका छौँ । त्यसैगरी निर्वाचनको मैदानमा पनि विभिन्न ठाउँको आँकलन हामीले गरिरहेका छौँ । हामी जित्नेछौँ । बाँकी हामीसँग ईर्ष्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

अध्यक्ष नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत गुमाउनु परेको बताए । उनले नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरुले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिप्पणी गरे ।

एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उनको भनाइ थियो । उनले भने– ‘दुईतिहाइ बहुमत, सबै प्रदेशमा बनेको वामपन्थी सरकार केपी ओलीले सबै सिध्याइदिए । कस्तो मान्छेलाई नवौं महाधिवेशनमा हाम्रा साथीहरुले भोट दिएछन् ?’

उनले एमाले पार्टीमा रहेका असन्तुष्टहरुलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताए । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नराम्रो काम गरेमा तत्काल कारवाही गरी मन्त्री पदबाट हटाउने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP