आइतबार , बैसाख ७, २०८२

लिभरपुलले बुधबार राति युरोपेली च्याम्पियन्स लिगको समूह बी मा एटलेटिको म्याड्रिडलाई सजिलै २–० ले हराएर युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को यात्रा तय गरेको छ । लिभरपुलका लागि डिएगो जोटा र साडियो मानेले गोल गरे ।दुवै गोलका लागि ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले अवसर मिलाएका थिए । लिभरपुलको समूहको यो लगातार चौथो जित हो र उसको १२ अंक भएको छ । पोर्टो पाँच अंकमा दोस्रो स्थानमा छ ।

अर्को खेलमा पोर्टोले एसी मिलानसँग १–१ को बराबरी खेल्यो । समूह ए मा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई सजिलै ४–१ ले हरायो । यो जितपछि सिटीको ९ अंक भएको छ ।

समूहको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र आरबी लेइपजिगले २–२ को बराबरी खेले । समूह सी मा आयाक्सले बोरुसिया डर्टमुन्डलाई ३–१ र स्पोर्टिङले बेसिकटासलाई ४–० ले हरायो ।

यस्तै, समूह डी मा करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले साख्तर डोनेस्कमाथि २–१ को प्रभावशाली जित निकाल्यो भने इन्टर मिलानले सेरिफलाई ३–१ ले पन्छायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP