मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेको १०औं महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुार निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने गरिनेछ ।– महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारीसमेत सदस्यहरूमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि र सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरूलाई मताधिकार नहुने ।

– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा दुई महिलासहित पाँच जना दरले निर्वाचित हुने प्रतिनिधि ।

– प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा एक महिलासहित तीन जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, १६०० सम्म सदस्य थप भएमा थप दुई जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा एक जना महिला अनिवार्य हुने ।

– देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा एक महिलासहित तीन जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, १६०० सम्म सदस्य थप भएमा थप दुई जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोहीअनुपातमा निर्वाचित हुने प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा एक जना महिला अनिवार्य हुने ।

– देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एक जना प्रतिनिधि । सो संख्यामा ५०० सम्म सदस्य थप भएमा थप १ जना, १००० सम्म सदस्य थप भएमा थप दुई जना, १५०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित ३ जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने दलित प्रतिनिधि । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा एक जना महिला अनिवार्य हुने ।

– भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्यमध्येबाट कम्तिमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रनितनिधि ।

– भारत, अमेरिका (क्यानडासमेत), युरोप, एसिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तिमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधि ।

– पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तिमा दुई महिलासहित पाँच जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकोमध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने लगायतका दरले प्रतिनिधि निर्वाचित हुने छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP