आइतबार , बैसाख ७, २०८२

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बंगलादेशमा तयारी गर्ने भएको छ । नेपाली टोलीले विश्वकप छनोट अन्तर्गत एसिया छनोटका लागि बंगलादेशमा तयारी गर्ने भएको हो ।

यूएईमा हुने आईसीसी वुमन्स टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारी स्वरूप नेपालले एक साताको तयारी गर्ने भएको हो ।नेपालले बंगालादेशमा रहेको बीकेएसपी एकेडेमीसँग मैत्रीपूर्ण खेल खेल्ने क्यान स्रोतले बताएको छ ।बंगलादेशमा नेपालले नोमेम्बर ४ देखि १४ सम्म तयारी गर्नेछ । त्यसका लागि नेपाली टोली बिहीबार ११ बजे बंगलादेशतर्फ प्रस्थान गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वान्टी विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । नेपालले हङकङविरुद्ध खेल्दै अर्काे महिना प्रतियोगिताको सुरुवात गर्नेछ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्र सहभागी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP