सोमबार , भाद्र १५, २०८३

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन् । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन् ।

यातायात व्यवस्था विभागले गत बर्षको भदौ महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ । तर, कोभिड लगायतका कारण कार्ड खरिद् गर्न नसकेको बहानाबाजी गर्दै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन् । विभागका प्रवक्ता डा.लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ ।

विदेश जाने र अति आवश्यक भएकाको हकमा भने लाइसेन्स वितरणको काम सुचारु नै छ । विभागका प्रवक्ता भुसालले सबै खरिद् प्रक्रिया सम्पन्न भइसकेकाले अबको दुई महिनाभित्र सबै काम सम्पन्न गरी वितरण गर्ने तयारी गरेको बताए । उनले १४ लाख स्मार्ट कार्ड आएसँगै तीन सिर्फटमा छपाईंको काम गरेर भएपनि वितरण गर्ने बताए ।

विभागले दुई महिनाअघि पनि एक दुई महिनाभित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो । विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई अस्थायी रुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP