मंगलबार , बैसाख २९, २०८३

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ ।

बुधबार एक सूचना जारी गर्दै प्रशासनले राति ९बजे सम्म मात्रै देउसी भैलो खेल्न सकिने जनाएको हो । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा देउसी भैलोलगायतका परम्परागत साँस्कृतिक कार्यक्रम राति ९ बजेसम्म स्थानीय रुपमा सीमित संख्यामा सहभागी भई स्वास्थ्य मापदण्डको पालना गरेर खेल्न आग्रह गरिएको छ ।

धार्मिक साँस्कृतिक र सामाजिक सहिष्णुता कायम गरी चाडपर्व मनाउन र चाडपर्व मनाउँदा सरकारले तोके बमोजिम तथा जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञामा उल्लेख भए बमोजिमका मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

समाजमा अशान्ति फैलाउने किसिमका आतिसबाजी, पटका पड्काउने, सोको अवैध बेचबिखन गर्ने, विष्फोटक पदार्थ आयात एवं बिक्री वितरण गर्ने कार्य पनि प्रशासनले निषेध गरेको छ ।

अखाद्य वस्तुको बिक्री नगर्न, मूल्यवृद्धि र कालोबजारी नगर्न, मदिराजन्य पदार्थको सेवन गरी होहल्ला गर्ने कार्य नगर्न पनि प्रशासनले सम्बद्ध सबैमा अनुरोध गरेको छ । कानुन विपरीतका क्रियाकलाप भए गरेको पाइए कारवाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP