मंगलबार , अषोज २७, २०८३

नेपालले ‘बेस्ट रेस्पोन्स टु दि पेन्डामिक’ गोल्ड अवार्ड पाएको छ।

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन अवधिमा नेपालले अलपत्र विदेशी पर्यटकहरूको खोजी तथा उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त अवार्ड दिइएको हो।

विश्वचर्चित वन्डरलस्ट म्यागजिनले मंगलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको हो ।

अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरिएको हो।

अवार्डका लागि नोमिनेशन भएका नौ मुलुकहरूलाई उछिन्दै नेपालले पाएको हो।

पर्यटन मन्त्री प्रेम बहादुर आले, सचिव यादव प्रसाद कोईराला, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ६ नेपाली पर्यटन व्यवसाय कम्पनीहरू सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लूटिएम) मा सहभागी छन्।

पर्यटन बोर्डले सो समयमा बोर्डले ‘स्ट्रयान्डेड इन नेपाल’ अन लाइन अभियान सञ्चालन गरी कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी,स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो।

बोर्डले नेपालस्थित विभिन्न कुटनीतिक नियोगहरूसँगको समन्यवमा रिपाट्रिएशन फ्लाइट मार्फत करिब ५ हजार भन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP