पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप ४४७ संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ९ हजार ९१३ जनामा कोरोना परीक्षण गर्दा ४४७ जना संक्रमित थपिएका जानकारी दिए ।
मंगलवार ४६९ संक्रमित देखिएका थिए । देशभर सक्रिय संक्रमित ९ हजार १२३ रहेका छन् । नेपालमा संक्रमण दर १८.३ प्रतिशत पुगेको छ । उनका अनुसार ५०० भन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी संक्रमित भएका जिल्ला ९ रहेका छन् ।
उनका अनुसार बुधवार २ जिल्लामा संक्रमित शून्य रहेका छन् । हुम्ला र मुगु जिल्लामा संक्रमितको संख्या शून्य रहेको छ ।
पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना भाइरसको संक्रमण मुक्त भई घर फर्किएका छन् । यससँगै अहिलेसम्म नेपालमा संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९३ हजार २७१ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. पौडेलले बुधवार कोरोना संक्रमणबाट ७ जनाको निधन भएको जानकारी दिए । अहिलेसम्म संक्रमणबाट ११ हजार ४३४ जनाको निधन भएको छ ।
बुधवार ९७ हजार ७० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । बुधवार लगाएकासँगै हालसम्म ८७ लाख १९ हजार ९९५ जनाले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।