मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप ४४७ संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ९ हजार ९१३ जनामा कोरोना परीक्षण गर्दा ४४७ जना संक्रमित थपिएका जानकारी दिए ।

मंगलवार ४६९ संक्रमित देखिएका थिए । देशभर सक्रिय संक्रमित ९ हजार १२३ रहेका छन् । नेपालमा संक्रमण दर १८.३ प्रतिशत पुगेको छ । उनका अनुसार ५०० भन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी संक्रमित भएका जिल्ला ९ रहेका छन् ।

उनका अनुसार बुधवार २ जिल्लामा संक्रमित शून्य रहेका छन् । हुम्ला र मुगु जिल्लामा संक्रमितको संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना भाइरसको संक्रमण मुक्त भई घर फर्किएका छन् । यससँगै अहिलेसम्म नेपालमा संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९३ हजार २७१ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. पौडेलले बुधवार कोरोना संक्रमणबाट ७ जनाको निधन भएको जानकारी दिए । अहिलेसम्म संक्रमणबाट ११ हजार ४३४ जनाको निधन भएको छ ।

बुधवार ९७ हजार ७० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । बुधवार लगाएकासँगै हालसम्म ८७ लाख १९ हजार ९९५ जनाले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP