आइतबार , बैसाख २८, २०८२

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमाले ओली प्राइभेट लिमिटेड बनेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा बुधबार बिहान आयाेजना गरेकाे दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले अब एमालेमा ओलीको गलत कार्यको विरोध गर्ने कोही नभएको धारणा राखेका हुन्।

अब एमालेमा अध्यक्ष केपी शर्मा ओलीकाे गलत कार्यशैलीकाे विराेध गर्ने नेता भीम रावल र घनश्याम भुसाल दुई जना मात्र बाँकी रहेकाे नेता थापाले बताए।

त्यस क्रममा उनले एमाले उपाध्यक्ष रावलले अध्यक्ष ओलीकाे अलिअलि विरोध गर्ने प्रयास गरेको तर उनी निरीह देखिएको बताए। थापाले भने, ‘त्यहाँ (एमालेमा) कोही पनि फरक मत राख्ने… भीम रावल, विचरा भीम रावल, यसो हेर्छु माया पनि लाग्छ र, घनश्याम भुसाल, दुई जना देख्छु। बाँकी कोही पनि हुनुहुन्न।’

नेता थापाले एमालेमा बाँकी काेही पनि कार्यकर्ता पनि नभएकाे सबै बा बा भन्ने भाटहरू मात्र रहेकाे टिप्पणी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP