मंगलबार , बैसाख २९, २०८३

मंसिरको दोस्रो साता हुने नेकपा एमालेको महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा दोहोरिने निश्चित नै छ । माधवकुमार नेपालले एमाले छाडेपछि ओलीको पार्टीमा पकड झन् बढेको छ ।

ओलीको आलोचना गर्नेमा उपाध्यक्षहरु भीम रावल र अष्टलक्ष्मी शाक्यका अलावा उपमहासचिव घनश्याम भुसाल मात्र छन् । ओलीविरोधी समूहका अन्य नेताहरु पनि उनको खुलेर आलोचना गर्न सक्दैनन् ।

ओलीले माधव नेपालको साथ छाडेकामध्ये योगेश भट्टराईबाहेक कसैलाई महत्वपूर्ण जिम्मेवारी दिएका छैनन् । महाधिवेशन आयोजनाका लागि मूल व्यवस्थापन समितिको संयोजकमा बादल छन् । उपसमितिहरुमा योगेश भट्टराईबाहेक कोही पनि पूर्व माधव नेपाल समूहका छैनन् ।

अष्टलक्ष्मी शाक्य उपाध्यक्ष हुन् । तर, महाधिवेशनको मूल व्यवस्थापन समितिमा उनलाई सदस्यमा समिति पारिएको छ । यसबाट ओलीले एमालेको १०औं महाधिवेशनबाट पूर्वमाधव नेपाल समूहकालाई पाखा लगाउने संकेत गरिसकेका छन् ।

उपाध्यक्ष भीम रावललाई १० बुँदे कार्यान्वयनको कार्यदलमा काम गर्न नसकेको आरोप लगाइसकेका छन् । रावलसहितका नेताहरु ओलीलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई बनाउन राष्ट्रपति समक्ष दर्ता गरेको निवेदनका हस्ताक्षरकर्ता पनि हुन् । उनले त्यसकारण पनि उनीहरुलाई छानी छानी पेलिरहेका छन् । अब महाधिवेशनबाट पाखा लगाउने अवस्था निर्माण गर्दैछन् ।

अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त जस्ता एमालेमा लामो संघर्ष गरेकाहरुलाई पाखा लगाउने गरी ओलीको तयारी देखिन्छ । माधव नेपालको साथ छाडेर एमालेमै रहेकामध्ये योगेश भट्टराईलाई जिम्मेवारी दिएको हिसाबले उनले केही साथ पाउने सम्भावना देखिन्छ । गोकर्ण बिष्ट जिम्मेवारीविहिन जस्तै भएका छन् ।

ओलीले चाहेको नतिजा महाधिवेशनमा आउने देखिएको छ । यसकारण पदाधिकारीमा ओलीको चाहना नभए माधव नेपालको साथ छाडेर एमालेमा रहेकाहरुले पनि जित्ने सम्भावना कम छ ।

विगतमा माधव नेपालनिकटमध्ये क कस्लाई ओलीले पदाधिकारी वा महत्वपूर्ण पदमा जिताउन साथ दिने हुन् ? चासोको विषय बनेको छ । एमाले स्रोतका अनुसार ओलीले योगेश भट्टराईलाई साथ दिने सम्भावना छ । सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले पनि साथ पाउन सक्छन् । बाँकीले साथ पाउने सम्भावना कमजोर रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP