आइतबार , बैसाख ७, २०८२

आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो जित हात पार्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

मंगलबार भएको खेलमा बंगलादेशमाथि ६ विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले अन्तिम चारको यात्रा जीवित राखेको हो।

यता लगातार चार हारसँगै बंगलादेश भने सुपर १२ बाटै बाहिरिएको छ। सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड लगातार चार जित निकालेर अन्तिम चारमा पुगिसकेको छ।मंगलबार खराब ब्याटिङ गरेको बंगलादेश १८.२ ओभरमा ८४ रनमै अलआउट भयो। बंगलादेशका लागि मेहदी हसनले २७ रन र समिम हुसेनले ११ रन जोडे। अन्य ९ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बंगलादेशको इनिङ ध्वस्त पार्ने क्रममा दक्षिण अफ्रिकाका तीव्र गतिका बलरद्वय कागिसो राबडा र एनरिच नोर्कियाले धारिलो बलिङ गरे। दुवैले ३-३ विकेट लिन सफल भए। राबडाले ४ ओभरमा २० रन दिँदा नोर्किया ३.२ ओभरमा ८ रन मात्र खर्चिए।

८५ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो। दक्षिण अफ्रिकाका लागि क्वान्टन डि ककले १६ रन, भान डेर डुसनले २२ रन र कप्तान तेम्बा बाभुमाले नटआउट ३१ रन जोडे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP