मंगलबार , बैसाख २९, २०८३

कोरोनाका कारण चीन लगायत विश्वका विभिन्न देशबाट बीचैमा पढाई छोडेर नेपाल आएका विद्यार्थीहरुको समस्या समाधान गर्न विद्यार्थी संगठनहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार विभिन्न ७ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काको ध्यानाकर्षण गराएका हुन् ।

विद्यार्थी संगठनहरुले कोरोनाको कारण नेपालमै रहन बाध्य भएका विद्यार्थीहरुको शैक्षिक भविष्य र अभिभावकको लगानी समेत खेर जाने अवस्थामा रहेको उनीहरुको भनाइ रहेको छ ।

‘सयौँ संख्यामा नेपाली विद्यार्थीहरु, पीएचडी, एमडी/एमएस, एमडीएस, एमबीबीएस, इञ्जिनियरिङ तथा एमएस लगायतका कोर्ष अध्ययनको क्रमलाई बीचमा छाडेर नेपालमै बस्न बाध्य भएका छन् । पुनः चीन लगायतका विश्वका अन्य देशमा र्फिएर अध्ययन गर्ने वातावरण नबन्दा उनीहरुको शैक्षिक भविष्य अन्यौलमा परेको छ । ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै अभिभावकहरुले आफ्ना सन्तानहरुलाई चीन तथा अन्य देशमा उच्च शिक्षा अध्ययनका लागि लगानी गरेको करोडौँ रकम पनि खेर जाने अवस्थामा रहेको छ ।’

विद्यार्थीहरुको शैक्षिक भविष्य र अभिभावकको लगानी खेर जान नदिनका लागि सरकारले समयमा नै ध्यान दिन विद्यार्थी संगठनको माग रहेको छ ।

‘नेपाली अभिभावकहरुसको करोडौँ लगानी र विद्यार्थीको सुन्दर सपनालाई चकनाचुर हुनबाट जोगाउन चीन लगायत अन्य देशका सरकारसँग कुटनीतिक पहल मार्फत पुनः चीन लगायतका विश्वका अन्य देशमा गएर अध्ययन गर्ने वातावरण मिलाउन संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट माननीय मन्त्रीज्यूमार्फत् नेपाल सरकारलाई अनुरोध गर्दछौँ । ’ जारी विज्ञप्तिमा भनिएको छ ।

२०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण चीन लगायतका देशहरुबाट नेपाली विद्यार्थीहरु नेपाली फर्किएका थिए । तर कोरोना जोखिम रहेको कारण देखाउँदै अझैसम्म नेपाली विद्यार्थीहरु फर्किन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP