आइतबार , बैसाख २८, २०८२

भरतपुर महानगरकी प्रमुख (मेयर) रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ दिएका छन् ।

सोमबार चितवन पुगेर आफू र आफ्ना पिता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि टिकाटिप्पणी गरेका ओलीलाई मेयर दाहालले कडा जवाफ फर्काएका हुन् ।

सोमबार चिवतनमा आयोजित प्रथम महानगर अधिवेशनमा उपस्थित भई सम्बोधनका क्रममा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रेणुका विषयमा टिकाटिप्पणी गरेका थिए ।

ओलीले प्रचण्ड र रेणुलाई पहिला जिताएर गल्ती गरियो अब गरिँदैन भनेर प्रहार गरेका थिए । साथै, आगामी निर्वाचनमा मतपत्र च्याँत्ने सपना नदेख्न रेणुलाई ओलीले भनेका थिए ।

मंगलबार मेयर रेणु दाहालले आफ्नो फेसबुक पेजमार्फत त्यसको कडा जवाफ दिएका छन् । अध्यक्ष ओलीलाई जिताउनका लागि २०७४ को निर्वाचनमा झापा जाँदा परिवारमा ठूलो घटना घटेको भन्दै फुर्ती नलगाउन उनले भनेका छन् ।

उक्त समयमा रेणु दाहालकी भाई प्रकाश दाहालको निधन भएको थियो । जतिबेला निर्वाचनको माहोल ताँतिरहेको थियो, एमाले र माओवादी गठबन्धन भएर निर्वाचनमा होमिएका थिए ।

मेयर रेणु दाहालले पोष्ट गरेकी स्टाटस जस्ताको तस्तै :

ओलीलाई भोट माग्न आोलीको क्षेत्रमा ओलीसहित अध्यक्ष क. प्रचण्ड झापा जाँदा घरमा आमामात्र त्यहीँ पनि पार्किन्सनको बिरामी भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुःखद घटना घट्यो। घरमा परिवारका सदस्य कोहीँ पनि नभएको बेला सबै आआफ्नो चुनावी मैदानमा विरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगिन पनि सक्थ्यो।यस्तो परिस्थितीबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ?? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त। धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त। इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादीकै सहयोगमा भएकाले ठूला कुरा नगरेकै बेस होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP