मंगलबार , बैसाख २९, २०८३

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘अर्ली इलेक्सन’ हुने कुनै सम्भावना नरहेको बताएका छन्।

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसै-कसैले चाहेजस्तो ‘अर्ली इलेक्सन’को सम्भावना नरहेको बताएका हुन्।

मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारूढ दलभित्र छलफल भइरहेको जानकारी समेत दिए। अध्यक्ष नेपालले भने, ‘इलेक्सन समयमा हुन्छ। त्यसको निम्ति अब इलेक्सनको प्रक्रिया सुरू हुन्छ। जस्तो राष्ट्रिय सभाको चुनाव छ। त्यो गर्नै पर्‍यो समयमा। अब उपनिर्वाचनहरूको कुरा पनि चलिराख्या छ। प्रदेश सभाको निर्वाचनको कुरा। त्यसको निम्ति पनि तयारीको कुरा भइरहेको छ। सर्वोपरी रूपमा सबै तहको निर्वाचन राष्ट्रलाई व्ययभार नपर्नेगरी एकैचोटी गर्ने भन्ने हो। कसै-कसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन।’

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP