मंगलबार , बैसाख २९, २०८३

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न विपक्षीलाई साढे तीन वर्ष लागेको बताएका छन् । मंगलबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब बन्ने एमाले नेतृत्वको सरकार कसैले ढाल्छु भनेर पनि नसक्ने दावी गरे । ‘नेकपा एमालेको सरकार साढे तीन बर्षमा बल्ल ढाले । पहिला पनि एकपटक ढालेका थिए । पहिले सरकार बनेको नौ महिनामा ढालेका थिए । अहिले साढे तीन बर्ष लाग्यो, अव बनेपछि कसैले ढाल्छु भनेर कसैले नचिताए हुन्छ’, ओलीको भनाइ छ ।

उनले राम जानकीको सालिक बनाउनेदेखि लिम्पियाधुराको भूमि समेटेर नेपालको नक्सा बनाउने एमाले नै भएको भन्दै जनतालाई एमाले सरकारले गरेका काम देखाउन आग्रह गरे । उनले माडीको विकास भएन भनेर आफू प्रचण्डको जिम्मा जमानी बसेर जिताएको भन्दै तर प्रचण्ड नै फुत्किएको टिप्पणी पनि गरे ।

‘सोचेजति माडीको विकास भएन । माडीको जनप्रतिनिधिको मनमा । म पनि आएर भोट मागेँ जिम्मा जमानी बसेर, म जमानी बसेको उही फुत्केपछि के गर्नु ?’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘जसको जमानी बसेको थिएँ उही फुत्कियो ।’

उनले माडीको विकास अब आफूले गर्ने दावी समेत गरे । ‘अव यस ठाउँको विकासको जिम्मा म आफै लिन्छु । म चुनावमा लड्न आँटेछ भन्ने नठान्नुहोला, म देशभरी कहाँकहाँ लडु ? म चुनाव लड्न आउने होइन तर विकास यो ठाउँको गरिन्छ’, ओलीको भनाइ छ । उनले माडीबाट चुनाव जितेकाहरुलाई देश र जनताको चिन्ता नभएको बताए । उनले अयोध्यापुरीको विकासले नेपालमै नमुनाको काम गर्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP