आइतबार , भाद्र १४, २०८३

पार्टी विभाजनसँगै नेकपा (एमाले) ले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ ।तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै प्रदेश सरकार नेतृत्वको सरकार गुमाएको छ ।

सोमबार प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ । प्रदेश–१, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा छ । एमालेबाट अगल भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै प्रदेश–१, वागमती र लुम्बिनीमा एकल बहुमतमा रहेको एमाले सत्ताबाट पनि बाहिरिएको हो ।

गण्डकी प्रदेशमा भने तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेपछि माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले साथ छाड्दा एमालेले सत्ता गुमाएको थियो । अल्पमतमा परेपछि यसअघि नै वागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए।

२०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि चारवटा प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमाले सोमबारबाट शून्यमा झरेको छ । २०७४ मा भएको संघ र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठूलो दलसमेत बनेको एमालेले केन्द्रसँगै सातमध्ये चारवटा प्रदेश सरकारको नेतृत्व गुमाउन पुगेको छ । यसअघि गण्डकी, लुम्बिनी र वागमती प्रदेश सरकारको नेतृत्व गुमाइसकेको एमालेले सोमबारबाट भने प्रदेश–१ सरकारको नेतृत्व पनि गुमाउन पुगेपछि शून्यमा झरेको हो ।

यी चारवटै प्रदेशमा एमाले एक्लै बहुमतको सरकार बनेका थिए । चारवटै प्रदेशमा सत्ता गुमाएपछि एमाले प्रतिपक्षको भूमिकामा पुगेको छ । एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको विवादपछिको विभाजन तथा त्यसपछि एमालेको माधव नेपाल समूहले छुट्टै पार्टी गठन गरेपछि केन्द्रदेखि प्रदेशमा समेत ठूलो दलका रूपमा रहे पनि एमाले सत्ताबाट बाहिरिन बाध्य भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP