मंगलबार , अषोज २७, २०८३

नेपालीको दोस्रो ठुलो चाड तिहारको आगमन संगै देश विदेशमा शुभकामना आदन – प्रदान संगै धेरै कार्यक्रमको आयोजना हुदै छ। अस्ट्रेलियाको नर्दन टेरोटऱीमा अवस्थित डार्विन शहरमा पनि कला संस्कृतिको जगेर्ना र प्रवर्दनको लागी देउसी भैलो कार्यक्रमको आयोजना हुदै छ।  नोवेम्बर ५ तारिखमा हुन लागेको कार्यक्रमको आयोजना NANT र NRNA-NT ले संयुक्त रुपमा गर्न लागेको हो।

परदेशीयका  नेपाली जो चाडपर्वमा आफ्नो देशमा हुन नपाउदाको पिडालाइ केहि हद सम्म भएपनि कम गर्न सम्पूर्ण नेपाली समुदायलाई एकै ठाउँमा राखी रमाइलो गराउन साथै नेपाली दोस्रो पुस्तालाई पनि नेपाली कला संस्कृतिको बारे जानकारी दिने यो कार्यक्रमको मुख्य उदेश्य हो ।

NRNA -NT अध्यक्ष बिष्णु चापागाईले डार्विन निवासी सम्पूर्ण नेपालीलाइ यो देउसी-भैलो कार्यक्रममा आफ्नो उपस्थिति जनाएर कार्यक्रम सफल बनाइदिन हुन आग्रह गर्नु भयो। आयोजित कार्यक्रममा संस्कृतिक नृत्य, देउसी भैलो भट्याउने देखि लिएर नेपाली स्वादमा खानाको पनि ब्यवस्था गरिएको जानकारी वहाले दिनु भयो।                                                                                                               यस कार्यक्रममा उपस्थित सबैले आफ्नो इच्छा अनुसार सहयोग गरि उठेको रकम  नेपाली भाषा र संस्कृति सिकाउनने स्कुल  (NEPALI LANGUAGE AND CULTURE CLASS (DARWIN & PALMERSTON)  लाइ सहयोग गर्ने जानकारी कर्यक्रमका सन्योजक दोय राजिव थापा र शिवराम पौडेलले दिनु भयो। उपस्थित हुने सम्पुर्णले निम्न नम्बरमा सम्पर्क गरि उपस्थिती बारे जानकारी गराउन समेत आग्रह गर्नु भयो ।      राजिव थापा : ०४०५५23177 ,                          शिवराम पौडेल: ०४३०८७५२८०

कार्यक्रम नोवेम्बर ५ तारिखमा  फिलिपिनो कम्युनिटी सेन्टर मा साझको ६ बजे बाट सुरु हुनेछ।

 

 

  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP