आइतबार , भाद्र १४, २०८३

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले राजीनामा दिनुपर्ने धारणा बनाएको छ। उक्त धारणा सार्वजनिक भने भोलिमात्र गर्ने नेपाल बारका एक पदाधिकारीले जानकारी गराए।

‘संवैधानिक निकाय र मन्त्रिपरिषदमा समेत भागबण्डा खोज्ने, अपारदर्शी तरिकाले पेसी तोक्ने, उहाँ पेसी प्रणाली सुधार गर्न तयार नहुनेजस्ता विषयलाई लिएर प्रधानन्यायाधीश विवादित हुनुभयो,’ उनले भने, ‘उहाँले सर्वोच्चको नेतृत्व गर्ने नैतिक आधार गुमाइसक्नुभयो। त्यसैले राजीनामा गराउनुपर्छ भन्ने चर्को दबाब छ। आज बसेको बार बैठकले पनि उहाँको राजीनामा माग्ने धारणा बनाएको छ। भोलि बारका सल्लाहकारसँगको छलफलपछि धारणा सार्वजनिक गर्छौं।’

हिजोमात्र नेपाल बारको कार्यसमिति प्रधानन्यायाधीशसँग अदालतहरूमा गोलाप्रथाबाट पेशी तोक्ने, वकिलहरूलाई बरिष्ठताको उपाधि दिने र समसामयिक विषयमा छलफल गरेको थियो। हिजोको छलफलमा मन्त्रिपरिषदमा भागबण्डा खोजेको विषयबारे पनि बारले प्रधानन्यायाधीश राणालाई स्पष्टीकरण सोधेको थियो। बारको कार्यसमितिले गजेन्द्र हमाललाई मन्त्री बनाउने प्रधानन्यायाधीशको भूमिकाबारे प्रश्न गरेका थिए।

राणाले भने हमाललाई मन्त्री बनाउन आफ्नो कुनै भूमिका नभएको बताएका थिए। आफ्नी पहिली पत्नीका दाजु भएपनि उनको मृत्युपछि आउजाउ समेत धेरै नभएको जवाफ राणाले बार कार्यसमितिलाई दिएका थिए।

त्यस्तै गोलाप्रथाद्वारा पेशी तोक्न आफू तयार रहेको समेत बताएका थिए।

त्यसपछि प्रधानन्यायाधीश र बारले सर्वोच्च अदालतका सबै न्यायाधीशसँग छलफल गर्ने तय गरेका थिए। सोही अनुसार प्रधानन्यायाधीशले फूर्लकोर्ट बोलाएका थिए। तर सर्वोच्च अदालतका १४ न्यायाधीशले उक्त फूर्लकोट बहिष्कार गर्ने निर्णय गरे। त्यसपछि उक्त बैठक स्थगीत भयो।
प्रधानन्यायाधीशसँगको बैठकपछि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई बरिष्ठ अधिवक्ता शम्भू थापा लगायतका केही बरिष्ठ

अधिवक्ता तथा अधिवक्ताहरूले भेटेर प्रधानन्यायाधीशको राजिनामा माग्ने निर्णय गर्न सम्झाएका थिए।
उनीहरूसँग श्रेष्ठ पनि सहमत भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP