सोमबार , भाद्र १५, २०८३

गत भदौ २० गते रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेल आफ्नै घरभित्र पासो काटिएको अवस्थामा मृत फेला परिन ।

माइती पक्षले घटनाको प्रकृति हेर्दा, आत्महत्या नभई, परिवारका सदस्यले नै हत्या गरेको भन्दै, इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिन आयो । तर जाहेरी लिन बुटवलका प्रहरी प्रमुख डिएसपी मदन कुँवर तगारो भए, जाहेरी लिन मानेनन् ।

जबकि, पासो काटिएको, मुख बाट रगत बगेको, शरीरमा निल डाम भएको लगायतका दृश्य हुँदा पनि घटनालाई सामसुम पार्न भूमिका खेलेका डिएसपी कुँवरका कारण पीडित माइती पक्ष अन्ततः जाहेरी दर्ताका लागि आन्दोलन गर्न पुग्यो । सो क्रममा माइती पक्षले डिएसपी कुँवर मृतक भण्डारी [पौडेल] परिवारको आफन्त भएकाले जाहेरी लिन नमानेको आरोप समेत लगाए ।पीडित माइती पक्षले अझै पनि डिएसपी कुँवरलाई घटनालाई सामसुम पार्न र घटनाका दोषीलाई उम्काउन प्रमुख भूमिका खेलेको बत्ताउँछन् ।

त्यतीमात्रै होईन, ४ महिना अघि इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख जिम्मेवारी पाएका कुँवर हुँदा, उनको नेतृत्वमा खटेको सुरक्षाकर्मीको टोली र नागरिक बीच झडप हुँदा मोतिपुर औद्योगिक क्षेत्रमा ४ जनाको ज्यान समेत गयो । गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला तथा गृह नगरमा राष्ट्रिय स्तरका ठुला घटना घट्दा पनि महत्त्वपूर्ण भूमिका खेल्न नसकेको आरोप र काण्डै काण्डमा मछिएर गृहमन्त्रीलाई बदनाम गराउने बुटवलका डिएसपी कुँवरको सरुवा आइतबार भएको छ ।

शनिवार हिजो उत्कृष्ट प्रहरी ठहरिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख बाट सम्मान प्राप्त गरेका उनको भोलिपल्ट अर्थात् आइतबार डिएसपी कुँवरको सरुवा भएको हो ।

डिएसपी कुँवरलाई हटाएर, गण्डकी प्रदेशका ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँमा कार्यरत प्रहरी नायव उपरीक्षक ठग बहादुर केसी बुटवल आउने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP