आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेको १०औं महाधिवेशनमा को कुन पदमा उम्मेदवारी बन्नेबारे बहस चलिसकेको छ । मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुने महाधिवेशनमा अध्यक्षसहित १५ पदाधिकारी मुख्य चासोको पद हो ।ओली अध्यक्षमा दोहोरिने निश्चित नै छ । ओलीकै चाहना अनुसार बाँकी १४ पदमा पदाधिकारी निर्वाचित हुने अवस्था छ । एमालेमा ९० प्रतिशत पकड ओलीकै देखिन्छ ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमा प्रभावशाली नेताहरुको दाबी छ । ओलीले आफ्ना विश्वासपात्रहरु विष्णु पौडेल र सुवास नेम्वाङलाई कुन पदका लागि बढाउनलान् चासोको विषय छ । विश्वस्त स्रोतका अनुसार पौडेल र नेम्वाङलाई उपाध्यक्षमा बढाउने ओलीको चाहना रहेको छ ।

पौडेल तत्कालीन नेकपाका महासचिव हुन् । उनी पूर्व उपप्रधानमन्त्री समेत हुन् । नेम्वाङ स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता हुन् । सभामुखको अनुभव समेत सम्हालेका छन् ।

बादल पूर्वमाओवादी नेता हुन् । कठिन घडीमा ओलीलाई साथ दिएकाले उनले एमालेमा निकै महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । पूर्वगृहमन्त्री समेत रहेका बादललाई एमालेको उपाध्यक्षमा बढाउने ओलीको चाहना रहेको बुझिएको छ । उनकै चाहना अनुसार ओली चितवनमा एमाले महाधिवेशन गर्न तयार भएका थिए ।

वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्षमा ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा बादलको सम्भावना बलियो छ । तर, यी हस्ती नेताहरुको चाहना वरिष्ठ नेता बन्नेमा छ । महासचिवमा पनि केहीको चाहना छ । यसलाई व्यवस्थापन गर्न ओलीलाई चुनौती छ । तर, ओलीको बलियो पकड रहेकाले उनको निर्देशनलाई कुनैपनि नेताले नकार्ने सम्भावना कमजोर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP